Sunday, November 28, 2010

सन्धिखर्कको हललाईन रोडमा सरकारी गाडी प्रवेशमा रोक 

सन्धिखर्क, अर्घाखाँची- सन्धिखर्कको सहायक बजार हललाईन रोडमा सरकारी गाडी प्रवेशमा रोक लगाईएको छ । मिडिया चोक देखी हललाईन हुदै नयाँ बसपार्कसम्मको करिब पाँच सय मिटर सडकलाई पीच गर्न माग गर्दै हललाईनवासीले चार दिन देखी सरकारी गाडी प्रवेशमा रोक लगाएका हुन ।
 
 
सदरमुकामको व्यवस्थित रुपमा रहेको सहायक बजार हललाईन रोडमा पीच गर्नमा ढिलासुस्ती गरेको भन्दै रोक लागाएका हुन । दश वर्ष अघि सदरमुकामका गल्दीहरु पीच गरिएपनि हललाईन पीच भएको थिएन । बढी गाडी गुडने भएकाले धुलो उठेर बस्नै नसकिने भएकाले दश वर्ष देखी पीच गर्न बारम्बार अनुरोध गर्दा पनि वेवस्ता गरेकाले सरकारी गाडीमा रोक लगाईएको हललाईन सडक संघर्ष समितिकी अध्यक्ष मेनका पौडेलले बताईन । हललाईन सडकमा जतिबेला देखी पीच गर्न गिटी बालुवा छर्न शुरु गरिदैन त्यतिबेला सम्म सरकारी गाडी गुडन नदिईने उनले बताईन । 

जापानको सहयोगमा अर्घाखाँचीको सितापुरमा पाँच कोठाको बिधालय भवनको निर्माण्

- बिनोद गैरे

जापानको एक सस्थाको सहयोगमा अर्घाखाँचीको सितापुरमा रहेको सरस्वती माध्यमिक विद्यँलयमा पाँच कोठे भवन निर्माण् भएको छ ।

जापानको कोईटो कलेजको १३ लाखँ सहयोग गाविसको २ लाख १० हजार र बाँकी स्थानीय जनश्रमदान गरी कुल १९ लाखँको लागतमा भवन निर्माण्ँ भएको हो । भवन निर्माण्ँ पछि स्थानीय बासिन्दामा खुसीयाली छाएको छ ।

LIVE: Radio Arghakhanchi

LIVE: Radio Arghakhanchi