सदरमुकामको व्यवस्थित रुपमा रहेको सहायक बजार हललाईन रोडमा पीच गर्नमा ढिलासुस्ती गरेको भन्दै रोक लागाएका हुन । दश वर्ष अघि सदरमुकामका गल्दीहरु पीच गरिएपनि हललाईन पीच भएको थिएन । बढी गाडी गुडने भएकाले धुलो उठेर बस्नै नसकिने भएकाले दश वर्ष देखी पीच गर्न बारम्बार अनुरोध गर्दा पनि वेवस्ता गरेकाले सरकारी गाडीमा रोक लगाईएको हललाईन सडक संघर्ष समितिकी अध्यक्ष मेनका पौडेलले बताईन । हललाईन सडकमा जतिबेला देखी पीच गर्न गिटी बालुवा छर्न शुरु गरिदैन त्यतिबेला सम्म सरकारी गाडी गुडन नदिईने उनले बताईन ।
सरकारी गाडी प्रवेशमा रोक लगाएपछि आवत जावतमा समस्या भएको छ । काम गर्नमा वेवस्ता गरिए जिविसमा ताला लगाई काम ठप्प पार्ने चेतावनी समेत दिएका छन । हललाईन स्थानीय द्रोर्ण प्रसाद भुसाललका अनुसार सन्धिखर्क सबै गल्दीहरु पीच गर्दा हललाईन पनि पीच गरिने भनिएपनि ठगी गर्ने काम भएको छ । प्रत्येक वर्ष पीच गर्नलाई बजेट छुटाईदिन भनि जिविस र स्थानीय दलका नेताहरुसँग माग गर्दा वेवस्ता गरेको उनले बताए । सडक पीच गर्न माग गर्दै सोमबार घेराउ गरेका थिए ।
स्थानीय विकास अधिकारी पुण्यविक्रम पौडेलले हललाईन सडकलाई तत्काल पीच गर्नको लागि आवश्यक प्रकि्रया अगाडी बढाईएको र एक महिना भित्रमा काम शुरु हुने बताए । उनले सर्वदलिय बैठक बसेर बजेट छुटाएपछि काम शुरु गर्ने बताए ।
No comments:
Post a Comment